पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्धारा मङ्सिर ७ गते संविधानसभाको निर्वाचन नहुने भएकाले अब संसदीय निर्वाचन हुनुपर्नेमा जोड

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले तोकेअनुसार आगामी मङ्सिर ७ गते संविधानसभाको निर्वाचन हुने कुनै गुञ्जयास नभएकाले अब संसदीय निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।


नेपाल शिक्षक युनियनको तीनदिने पाँचौ राष्ट्रिय परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै नेता नेपालले कुनैपनि मुलुकमा सरकारलाई संविधानसभाको मिति तोक्ने अधिकार नभएकाले अब यो सरकारको विस्थापन गरी संविधानका विवादित मुद्दामा सहमति गरेर नयाँ संसद्बाट संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।