कलेन्द्र सेजुवाल
सुर्खेत – पार्टी फुट्नुअघि निर्माण भएको पार्टी कार्यालय भवन स्वामित्वको विषयलाइ लिएर दुइपक्षबीच भिडन्तमा उत्रिएका छन्। शनिबार दिउँसो करिब १ बजे नेकपा-माओवादीले पुरानै भवनमा साइनबोर्ड झुण्ड्याएर पार्टी कार्यालयको उद्घाटन गरे पनि त्यसको दुई घण्टा नबित्दै एकीकृत माओवादी पक्षले बोर्ड हटाएपछि टक्करको स्थिति बनेको हो।
दिउँसो ३ बजे एकीकृत माओवादी कार्यकर्ताले साइनबोर्ड भूइँमा मात्र खसालेनन्, ढुंगा प्रहार गर्दै आफैसँग लिएर गए।