सञ्चारमन्त्री राजकिशोर यादवलाई नहटाए मधेसी जनअधिकार फोरम गणतान्त्रिक विपक्षी गठबन्धनमा जाने

काठमाडौं – कार्यवाहक अध्यक्षबाट हटाइएका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवलाई नहटाए मधेसी जनअधिकार फोरम गणतान्त्रिक विपक्षी गठबन्धनमा जाने भएको छ ।

कार्यबाहक अध्यक्ष नन्दनकुमार दत्तले पार्टीको सिफारिसमा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएका राजकिशोर यादवलाई एक साताभित्रमा प्रधानमन्त्रीले पदमुक्त नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षीहरुको मोर्चामा सहभागी हुने चेतावनी दिए ।

पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्न आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दत्तले पार्टीको सिफारिसमा मन्त्री भएका यादवलाई पार्टीले फिर्ता बोलाउँदासमेत प्रधानमन्त्रीले कुन नैतिकताले कायमै राखिरहेको भनेर प्रश्न गरे ।