काठमाडौं, १० साउन सरकारमा सहभागी एमाओवादी तथा मधेसी मोर्चाबीच छलफल सुरु भएको छ ।
दिउँसो मुलुकको निकासका लागि कांग्रेस र एमालेसँग छलफल गर्न लागेको एमाओवादीले त्यसैको तयारीका लागि बैठक बसेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता गठवन्दनबीच छलफल भइरहेको छ ।



