एकीकृत माओवादीका पुष्पकमल दाहाल सहपरिवार मनोरन्जनका लागि हात्तिबन रिसोर्टमा

काठमाडौ। पार्टीको सातौ विस्तारित बैठकपछि तनाव छल्न भन्दै मनोरन्जनका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहपरिवार हात्तिबन रिसोर्ट पुगेका छन् ।

पार्टीको माघमा हुने महाधिवेशनकोलागी आयोजक समिति विस्तार सहित विभिन्न तयारी गठनको विषयमा कार्यालयको बैठकमा सहमति बन्न नसकेपछि प्रचण्ड त्यसमा सहमति जुटाउने उपायको खोजी सहित तनाव छल्न भन्दै हात्तिबन रिसोर्ट पुगेको स्रोतले जनाएको छ ।

प्रचण्ड सम्भवत आज शुक्रवार मात्रै त्यहाँबाट फर्कने बताईएको छ ।