मुख्य सचिवको दौडमा पौड्याल र कोइराला अगाडि

 काठमाडौं, १२ साउन मुख्यसचिव माधवप्रसाद घिमिरेले अवकास पाउने भएपछि यसै साउन २२ गतेदेखि त्यो पद खाली हुँदैछ ।
 
सरकारी मापदण्ड अनसुसार ज्येष्ठता र कार्यक्षमताका आधारमा एकजना सचिवले घिमिरेको ठाउँ आगट्नु पर्नेछ । एकजना जान पाउने प्रतिस्पर्दामा अहिले १३ जना सचिव लामवद्ध छन् । आफु सक्षम भएको दावीसहित लीलामणि पौडैल, शंकर कोइराला, त्रिलोचन उप्रेती, बालानन्द पौडेल, बिन्दा हाडा, उमाकान्त झा प्रतिस्पर्दामा छन् ।
 
उनीहरुलाई पच्छाउँदै भगवतीकुमार काफ्ले, श्यामप्रसाद मैनाली, बामनप्रसाद न्यौपानेलगायतका पनि सचिव घिमिरेको उत्तराधिकारी बन्ने दौडमा छन् । धेरै सचिव एकैपटक बढुवा भएकाले ज्येष्ठतामा उस्तै देखिएपछि कार्यक्षमताको आधारमा मुख्य सचिवको छनौट गर्नुपर्नेछ । प्रतिस्पर्धामा रहेका केहीले उमेर हदका कारण छिट्टै अवकास पाउने र केहीको राजनीति पहुँच नभएकाले उनीहरु त्यो दौडमा पछाडि परेको पूर्व प्रशासकहरुको विश्लेषण छ । प्रतिस्पर्दामा रहेका १३ जना मध्ये प्रधानमन्त्री कार्यालयका सचिव लीलामणी पौड्याल अग्रपंक्तिमा छन् । र डाक्टर त्रिलोचन उपेत्री र शंकर कोइरालाले पछ्याइरहेका छन् ।
 
स्रोतका अनुसार विन्दा हाडालाई काठमाडौंका केही व्यापारी र प्रधानमन्त्री पत्नि हिसिया यमीले साथ दिएकी छिन । भने सामावेसीको अर्को नाम उमाकान्त झाले मधेसी दलहरुको आर्शीवाद पाएका छन् । तर, नागरिक वडापत्र, हेलो सरकारको सत्रुधार मानिने पौड्याल भट्टराईसहित यसअघिका अरु प्रधानमन्त्रीका पनि नजिक रहेकाले मुख्य  सचिव बन्ने बलियो आधार रहेको स्रोतको दावी छ ।
 
मुख्य सचिव जो भएपनि छनौटको आधार निर्भिक र सुधार हुनुपर्ने पूर्व मुख्यसचिव दामोदर गौतमले तर्क गरे । दलहरुको समर्थन विना मुख्यसचिव बन्न कठिन हुने ठानेर म सक्षम छु भन्ने दावी गर्ने सचिवहरु पनि राजनीतिक आशीर्वाद थाप्ने पंक्तिमा छन् ।