काठमाडौं, १२ साउन मन्त्रिपरिषद बैठक केहीबेरअघि सुरु भएको छ ।
मुख्य सचिवको कार्यकाल सकिन लागेकाले कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोक्न बैठक बसेको प्रधानमन्त्रीको निजीसचिवालयले बताएको छ ।
सचिव शंकरप्रसाद कोइराला तथा लीलामणि पौडेल मध्ये एकलाई कार्यवाहक तोकिने बुझिएको छ । बैठकमा मन्त्रालय सञ्चालनका विषयमा पनि छलफल हुनेछ



