काठमाडौंमा तीन दिने सुचना प्रविधि सम्मेलन शुरु

काठमाडौं । सुचना प्रविधिको संस्थागत विकासका लागि थप रणनीति तय गर्न सुझाव दिने उदेश्यले  राजधानीमा तीन दिने सुचना प्रविधि सम्मेलन शुरु भएको छ ।


त्रिभुवन विश्व विद्यालय, काठमाडौ विश्व विद्यालय र पुल्लचोक क्यामसको सहयोगमा डेरवाल्क इन्स्टीच्युसन अफ टेक्नोलोजि र युनिभरसिटि अफ विनड्जर क्यानडाले आयोजनामा भएको सम्मेलन सुचना प्रविधिको माध्यमबाट आर्थिक विकासमा कसरी फड्को मार्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुने वताइएको छ ।


सम्मेलनले नेपालजस्ता विकासोन्मुख देशमा सूचना प्रविधीमा आम जनताको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनेछ । सम्मेलनमा बैंक, सरकारी कार्यलय र विश्व विद्यालयका प्रतिनीधिहरुको सहभागिता छ । सम्मेलन सोमबार सम्म चल्ने छ ।