काठमाडौ – राजधानी काठमाडौंबाट प्राप्त समाचार अनुसार प्रधानमन्त्री बाबुराम भट्टराई दुई दिन मनोरन्जन – आराम गर्न फर्पिङ नजिक हात्तीवन रिसोर्टमा पुगेका छन् । निजी सचिवालय, सुरक्षाकर्मीसहित उनी शुक्रबार बेलुका उक्त रिसोर्टमा गएका थिए ।
समाचार अनुसार प्रधानमन्त्री आइबार बिहान फर्किने उनको निजी सचिवालयले जनाएको छ । निर्वाचनसम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रपतिलाई बुझाएलगत्तै उनी रिसोर्ट गएका थिए । त्यहाँ उनले आराम गर्नुका साथै पुस्तक अध्ययन गरेका छन् । यसअघि उनी अध्ययन र आराम गर्न भन्दै काभ्रेको धुलिखेलस्थित एक रिसोर्ट गएका थिए ।
थाहा भए अनुसार संविधानसभा भंग हुनुअघि प्रमुख राजनीतिक दल निर्णायक वार्ता गर्न हात्तीवन रिसोर्टमा एक दिन बसे पनि बिनानिष्कर्ष फर्किएका थिए ।



