सरकार मुख्य सचिव छान्दै, पौड्यालको सम्भावना

 काठमाडौं, १४ साउन सरकारमा सहभागि दलहरुबीचको विवादले शुक्रबार निर्णय गर्न नसकेको सरकारले आज मुख्य सचिव छनौट गर्दैछ । साउन २२ गतेदेखि अवकास पाउन लागेका मुख्यसचिव माधवप्रसाद घिमिरेले आजबाट विदामा बस्ने भएकाले सरकारले आजको मन्त्रिपरिषद्बाट मुख्य सचिव छान्ने तयारी गरेको छ ।
 
सरकारी मापदण्ड अनसुसार ज्येष्ठता र कार्यक्षमताका आधारमा एकजना सचिवले घिमिरेको ठाउँ आगट्नुपर्नेछ । एकजना जान पाउने प्रतिस्पर्दामा अहिले १३ जना सचिव लामवद्ध छन् । आफु सक्षम भएको दावी सहित लिलामणि पौड्याल, शंकर कोइराला, त्रिलोचन उप्रेती, बालानन्द पौडेल, बिन्दा हाडा, उमाकान्त झा प्रतिस्पर्दामा छन् ।
 
उनीहरुलाई पच्छाउँदै भगवतीकुमार काफ्ले, श्यामप्रसाद मैनाली, बामनप्रसाद न्यौपाने, लगायतका पनि सचिव घिमिरेको उत्तराधिकारी बन्ने दौडमा छन् । प्रतिष्पर्धामा रहेका केहीले उमेर हदका कारण छिट्टै अवकास पाउने र केहीको राजनीति पहुँच नभएकाले उनीहरु त्यो दौडमा पछाडि परेको पूर्व प्रशासकहरुको विश्लेषण छ ।
 
प्रतिस्पर्दामा रहेका १३ जना मध्ये प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौड्याल अग्रपंक्तिमा हुनुहुन्छ र उहाँलाई डाक्टर त्रिलोचन उपेत्री र शंकर कोइरालाले पछ्याइरहनु भएको छ । स्रोतका अनुसार विन्दा हाडालाई काठमाण्डुका केही व्यापारी र प्रधानमन्त्री पत्नि हिसिया यमीले साथ दिनु भएको छ भने सामावेसीको अर्को नाम उमाकान्त झाले मधेसी दलहरुको आर्शिवाद पाउनु भएको छ ।
 
तर, नागरिक वडापत्र, हेलो सरकारको सत्रुधार मानिने पौड्याल भट्टराई सहित यसअघिका अरु प्रधानमन्त्रीका पनि नजिक रहेकाले मुख्य  सचिव बन्ने बलियो आधार उनकै  रहेको स्रोतको दावी छ ।