काठमाडौं, १५ साउन कीकृत नेकपा माओवादीले समायोजन रोजेका पूर्व लडाकूहरुसँग छलफल गर्दैछ । समायोजनमा निरन्तरता दिने वा समायोजनबाट फर्काउने भन्ने विषयमा छलफल गर्न पूर्व लाडाकूहरुलाई बोलाइएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज छलफलका लागि लडाकूलाई बोलाएका छन् । समायोजनमा जानेहरुको दर्जा, पद मिलाउन र मापदण्डमा लडाकूहरुले आपत्ति जनाएपछि माओवादी सबैलाई अवकासमा पठाउने रणनीतिमा छ ।
लामो समयम्म पनि समायोजन प्रक्रिया अघि नबढेपछि अन्यौलमा परेका लडाकूहरुले नेतृत्वसँग छलफल गर्न लागेका हुन् । दोस्रो चरणको पुनःवर्गिकरणमा ३ हजार १ सय २३ लडाकूले समायोजन रोजेका थिए । नेपाली सेनाले उनीहरुको छनोट भर्ना प्रक्रिया सुरु गरेपनि उमेर विवादपछि रोकिएको छ ।



