कांग्रेसका सभापतिहरुको भेला आजबाट

काठमाडौं,१५ साउन राष्ट्रिय राजनीति र पार्टी भित्रको आन्तरि विवाद अन्त्यका लागि ठोस कार्यदिशा तय गर्न कांग्रेसका सभापतिहरुको भेला आजबाट सुरु हुँदैछ । सिन्धुपाल्चोकको बाह्रबिसेमा सुरु भेलाको दिउँसो पार्टी सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसअघि काठमाडौंबाट मोटरसाइकल र्‍यालीसहित शीर्ष नेता, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरु बाह्रबिसे पुग्दैछन् । भोलीसम्म चल्ने भेलाले मुलुकको विद्यमान रानजीतिक अवस्थाको समिक्षा गर्दै राजनीतिक संकट समाधानको रोडम्याप कोर्ने कांग्रेसले बताएको छ ।

भेलामा पार्टीको आन्तरिक विवाद, वर्तमान सरकारविरुद्धको आन्दोलन तथा सहमतीय सरकार गठन र पार्टीको भावी रानीतिबारे छलफल हुनेछ ।

कांग्रेसका पूर्व सभासदहरुले संविधानसभा पुनःस्थापनाको लविङ गरेपनि जिल्ला सभापतिहरु भने नयाँ निर्वाचनको पक्षमा देखिएका छन् ।