काठमाडौँ । केशरमहलमा रहेको शिक्षा मन्त्रालय आजदेखि सिंहदरबारमा सरेको छ ।
सिंहदरबारको संसद् सचिवालयसँगै बनेको नयाँ भवनबाट आजदेखि मन्त्रालयको काम सुरु भएको छ ।
बिहान १० बजे शिक्षामन्त्री दीनानाथ शर्माले नयाँ भवनको उद्घाटन गर्नु भएको छ ।
केशरमहलमा विभिन्न आन्दोलन र धर्नाका कारण काममा असहजता आएपछि मन्त्रालय सिंहदरबारमा सार्नु परेको मन्त्रालयले जनाएको छ ।