सरकार संविधानको विरुद्धमा लाग्यो:गुरुङ

१६ साउन, पाँचथर । नेकपा माओवादिका सचिव देव गुरुङले वर्तमान सरकार अन्तरीम संविधान विरुद्ध लागेको बताउनुभएको छ । यो सरकारले तत्काल राजिनामा दिएर सहमतिय सरकार बनाउने मार्ग प्रशस्त नगरे सडक आन्दोलनमै जाने चेतावनी दिनुभयो ।

पाँचथरको सदरमुकाम फिदिममा सञ्चारकर्मीसँग कुरा गर्दै सचिव गुरुङल गोलमेच सम्मेलनको आयोजना गरेर संविधान निर्माणको काम अवरुद्ध गर्ने मुख्य दोषि तीन दलका नेताहरुले आत्मासमिक्षा गर्नुपर्ने दाबी गर्नुभयो ।

राष्ट्रिय सहमतिको सरकार बने सरकारमा जान सकिने भन्दै उहाँले अहिलेको सरकार विगठन गरि शक्ति विभाजनका आधारमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयो ।

सरकार निरकुश भएकाले यो सरकार रहुन्जेल संविधानको निर्माण नहुने र चुनावपनि हुन नसक्ने भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।