काठमाडौं, १७ साउन नेपालमा भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता यसवन्त सिन्हा राजनीतिक भेटघाटमा सक्रिय रहेका छन् । राजनीतिक नेताहरुसँगको भेटमा सिन्हाले नेपालको राजनीतिक गतिरोधका विषयमा चासो राखेका छन् ।
बुधवार बिहान सिन्हाले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालासँग भेट गरेका छन् । सभापति कोइरालासँगको उनकै निवास महाराजगञ्जमा बिहान १ घण्टा सम्म भएको भेटमा राजनीतिक गतिरोध अन्त्यका लागि कांग्रेसको योजना, दलहरुबीचको छलफल र भावी सरकारका बारेमा चासो राखेको थिए ।
सोमबार नेपाल आएका सिन्हाले यसअघि प्रधानमन्त्री डा। बाबुराम भट्टराई, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काङ्ग्रेस वरिष्ठ नेता शेरबहादुर देउवासँग भेटवार्ता गरि सकेका छन् ।



