एमाओवादीले महाधिवेसन आयोएमाओवादीले महाधिवेसन आयोजन समिति सदस्य आज छान्नेजन समिति सदस्य आज छान्ने

 काठमाडौं, १८ साउन एकीकृत नेकपा माओवादीले महाधिवेशन आयोजक समितिमा राख्ने सदस्यहरुको आज टुङ्गो लगाउने भएको छ । बुधवारको बैठकमा कसका कति राख्ने भन्ने विषयमा विवाद भएपछि टुङ्गो लगाउन सकेको थिएन ।
बैठक बिहान ११ बजेपछि केन्द्रीय कार्यालय कोटेश्वरको पेरिसडाँडामा बस्ने केन्द्रीय सदस्य हितबहादुर तामाङले जानकारी दिए । आजको बैठकमा आयोजक समितिको विवादलाई टुङ्ग्याएरपूर्णता दिइने उनले बताए । आयोजक समिति एक सय ७५ सदस्यीय बनाउने सहमति भएपनि थपिने सूचीका विषयमा भने हिजो बसेको बैठकमा विवाद भएको थियो ।
 
यसैगरी आज महाधिवेशन प्रनिनिधि छनोटको आधार, जिल्ला सम्मेलन, राज्य सम्मेलन, महाधिवेशनस्थल चयनलगायतका विषयमा छलफल हुने तामाङले जानकारी दिनुभयो ।त्यस्तै नेताहरूको कार्य विभाजनबारे पनि आजको बैठकले निर्णय गर्ने नेताहरूले बताएका छन् । साउन पहिलो साता राजधानीमा सम्पन्न सातौं विस्तारित बैठकले माघमा महाधिवेशन गर्ने निर्णय गरे पनि स्थल र दिन भने तोकेको छैन ।