गाडी फिर्ता गर्नेमा पूर्व प्रधानमन्त्री देउवा पनि

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैसियतमा चढ्दै आउनु भएको सरकारी गाडी फिर्ता गर्नु भएको छ ।
देउवाले गृह मन्त्रालयले उपलब्ध गराएको वा ६ च १०२६ नम्बरको टोयटा प्राडो फिर्ता गर्नु भएको हो । देउवाले इन्धन, सचिवालय लगायतका सुविधा नलिनु भएको उहाँका स्वकिय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले भने सुविधाको गाडी फिर्ता गर्नु भएको छ । 
पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकन्द्रबहादुर चन्द, पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ र रामचन्द्र पौडेलले सुविधाको गाडी फिर्ता गरी सक्नु  भएको छ ।