राष्ट्रपतिको राजनीतिक परामर्श सुरु

 काठमाडौं,२१ साउन राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपति डाक्टर रामबरण यादवले राजनीतिक परामर्श सुरु गरेका छन् । मुलुकमा जारी राजनीतिक संकटका विषयमा परामर्शका लागि राष्ट्रपति यादवले आज दलका नेताहरूसँग छलफल गर्दैछन् ।

छलफलका लागि सबै नेताहरुलाई अहिले बिहान सितल निवास बोलाएका छन् । संविधानसभा भंग भएको दुई महिना बितिसक्दा पनि राजनीतिक निकासबारे अन्योल भइरहेपछि राष्ट्रपति डा। यादवले छलफल थालेका हुन । यसअघि पनि राष्ट्रपतिले दलका नेताहरूसँग एकल तथा संयुक्त रूपमा छलफल गरेका थिए ।

राष्ट्रपति डा। यादवले दलहरूलाई अन्तरिम संविधानको धारा ४३ बमोजिम सहमतिमा पुग्न झकझकाउने  प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए । भेटमा राष्ट्रपतिसँग संविधानसभामा प्रतिनिधित्व गर्ने र पछि फुटेर दर्ता भएका सबै दलका नेताहरू सहभागी हुने बताइएको छ । भेटपछि शीतलनिवासमै दलका नेताहरूका लागि दिवाभोजको आयोजनासमेत गरिने बताइएको छ ।