अस्ट्रेलियाका विदेश राज्यमन्त्री नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा काठमाडौँमा

काठमाडौं – अस्ट्रेलियाका विदेश राज्यमन्त्री रिचर्ड मार्येस नेपालको दुईदिने औपचारिक भ्रमणमा सोमबार काठमाडौँ आईपुगेका छन।


 राज्यमन्त्री रिचर्डले प्रधानमन्त्री उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, अर्थमन्त्री शिक्षामन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छुट्टाछुट्टै भेटी द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।


नेपालको वर्तमान राजनीतिक अवस्थाका बारेमा राज्यमन्त्री रिचर्डले जानकारी लिने र अस्ट्रेलियाले नेपाललाई सहयोग अभिवृद्धि गर्नसक्ने क्षेत्रका बारेमा पनि कुराकानी हुने बताइएको छ। रासस