दक्षिण कोरिया २२ साउन नेपालीसहित दक्षिण कोरियामा मानव अधिकार, प्रजातन्त्र र शान्तिका बारेमा छलफल भइरहेको छ । एसियाली मुलुकमा रहेर काम गरिरहेका अधिकारकर्मीहरुसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आएको द मे १८ फाउन्डेसनले छलफल गरिरहेको छ ।
गोष्ठी जुलाइ २९ देखि अगस्ट १६ सम्म चल्ने आयोजकले बताएका छन । कार्यक्रममा विभिन्न मुलुकबाट सहभागी हुन आएकाहरुले आफ्नो मुलुकमा प्रजातन्त्र, मानव अधिकार र शान्ति प्रकृयामा काम गर्दाका अनुभव बताइरहका छन् । उक्त विषयामा भोग्दै आएका चुनौतिहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने फाउण्डेसनका निर्देशक चाहो किमले बताए । उनका अनुसार फाउण्डेसनले विभिन्न मुलुकमा रहेर काम गर्दै आएका नागरिक समाज तथा गैरसरकारी संस्थासँग मिलेर प्रजातन्त्र, शान्ति प्रकृया र मानव अधिकारमा काम गर्दै आएको छ ।
कार्यक्रमका संयोजक किम हिजोनका अनुसार गोष्ठीमा सहभागी हुन एसियाली मुलुकका २० जना सहभागी रहेका छन । नेपालको तर्फबाट एक्सन वर्क्स नेपाल र शान्ति र विकासका लागि सञ्जाल नामक दुई संस्थाका प्रतिनिधिले सहभागिता जनाएका छन् । दुई मध्ये एक्सन वर्क्स नेपाल गत वर्ष द मे १८ फाउन्डेसनको साझेदारी संस्थाको रुपमा रहेर शान्ति प्रकृया र मानव अधिकारको सवालमा काम गरेको छ । सहभागीहरुले आफ्नो मुलुकमा संस्थाले गरेको काम तथा मुलुकको शान्ति प्रकृया तथा मानव अधिकारको बारेमा कार्यपत्रसमेत प्रस्तुत गर्ने छन् ।
कार्यक्रमको दौरानमा सहभागीहरुले दक्षिण कोरियामा चलेको द्वन्द्व र यसपछि कोरियाले गरेको विकास, एसियाली मुलुकमा प्रजातन्त्रको अवस्था, लैंगिक हिंसा तथा मानव अधिकार, शान्ति प्रकृयाको अवस्थाको बारेमा छलफल गर्ने छन त्यस्तैकोरियामा भएको द्वन्द्वमा काम गरेका संस्था तथा प्रमुख व्यक्तित्वहरुसँग पनि भेटघाट गर्ने आयोजकले बताएको छ ।
छलफलका क्रममा सहभागीहरुले कोरिया डेमोक्रेसी फाउण्डेसन र पूर्णत नागरिक समाजको रुपमा प्रजातन्त्र स्थापनामा लागेका हाल कोरयिामा विभिन्न उच्च पदमा रहेर काम गरिरहेका उदारणीय व्यक्तित्वहरुसँग भेटेर उनी हरुका अनुभव साटासट गरिसका छन । नो गन रि अन्तर्राष्ट्रिय पिस फाउण्डेसन र कोरिया सरकारले बनाएको अन्तर्राष्ट्रिय स्तरमा नै मानव अधिकार र शान्ति प्रतीकको रुपमा चिनीएको स्थानको पनि भ्रमण गरिसकेको छ ।
आयोजकका अनुसार आ(आफ्नो मुलुकमा प्रजातन्त्र, मानव अधिकार र शान्ति प्रकृयामा काम गरिरहेका सहभागीहरुलाई विभिन्न स्थान र व्यक्तित्वसँग भेटघाट गराउदा उनीहरुको आत्मबल बढ्नुका साथै आफ्नो मुलुकमा गएर काम गर्न सक्नेछन् । विभिन्न मुलुकमा रहे पनि अन्तत हाम्रो उद्देश्य भनेको हामी एसियाली मुलुकहरु शान्ति प्रकृयालाई पूर्ण बनाउन र मुलुकमा प्रजातन्त्र र मानव अधिकार स्थापित गर्न सक्नु नै फाउण्डेसनको मुख्य लक्ष्य हो ।



