जनकपुर, २२ साउन चालक विना तपाईले रेल चलेको देख्नु भएको छ रु, छ भनेपनि चलचित्रमा मात्रै देख्नु भएको होला । तर जनपुरमा भने दर्जनौ गाउँ, केही रेल स्टेसन पार गर्दै चालक विना नै २९ किलो मिटर गुडेको छ । चालक विनाको रेल २९ किलोमिटर गुडेर जनपुर आएपछि खैला बैला मच्चिएको छ ।
इतिहासमामात्र होइन सम्भवतः विश्व मै नभएको घटना सोमबार जनकपुर रेल्वेको ७५ वर्षको इतिकासमा भएको छ । सुन्दा सकैलाई विश्वास लाग्दैन तर कुरा वास्तविक नै हो । भारतको जयनगरबाट जनकपुर आउने तयारीमा रहेको जेड ई एन ५ (५३५० नम्बरको डिजल इन्जन चालक बिना नै २९ किलोमिटर गुडेर सोमबार अपराहृन जनकपुर आइपुग्यो ।
बाटोमा पर्ने दुई दर्जन अधिक पुल पुलेसा, सात वटा रेल्वे स्टेशन तथा आधा दर्जन अधिक गाउँलाई पार गर्दै चालक बिना नै रेल यहाँसम्म आई पुग्यो तर पनि बाटामा कुनै दुर्घटना भएन । प्रायः दिन पिच्छे लिक छाड्ने रेल इन्जन बिना कुनै रोकटोक यहाँसम्म आई पुग्नुलाई रेल्वे कर्मचारीहरुमात्र होइन, सबै दंग परेका छन् । ुअचम्मु को घटना भएको छ, रेल्वेको इतिहासमा ।
दिनमा दस किलोमिटर प्रतिघण्टा भन्दा पनि थोरै गतिमा हिड्ने रेल झन्डै पचास किलोमिटरको गतिमा हिडेको देखेर बाटो भरि हल्ला खल्ला भएको थियो । जयनगरबाट बिना चालक रेल गुडेको खबर एकले अर्कालाई मोबाइलबाट दिन थालेको थिए । रेल इन्जन जनकपुर आई पुग्दासम्म रेल्वे स्टेसनमा सयौं स्थानीयवासी भेला भइसकेका थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतम, प्रहरी उपरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्रका एसपी मदन विष्टसहित ठूलो संख्यामा प्रहरी वल रेल्वे स्टेसन पुगेका थिए । कृष्णाष्टमीको तयारीमा रहेका जनकपुर रेल्वे स्टेसन एरिया युवा क्लबका युवक तथा रेल्वे कर्मचारी गुडी रहेको रेल रोक्न लिकमाथि अवरोधक राखेका थिए । रेल्वे स्टेसन एरिया क्लबका अध्यक्ष देवु यादवले भने ूहामीले रेल लिकमाथि अवरोधक नराखेको भए, ठूलो दुर्घटना हुन्थ्यो ।ू स्थानीय युवकले त्यहाँ अवरोधक राखे । अनि बल्ल इन्जन रोकिएको बताइएको छ । जनकपुर रेल स्टेसनमा विद्ययमान तीन ट्रैकमध्ये तीन नम्बर ट्रैक बिग्रेकाले यसमा हिडने रेल तल खस्छ भन्नेर उनीहरुले तीन नम्बर ट्रैकको प्रयोग गरेका थिए ।
प्राप्त जानकारी अनुसार( अपराहृन साढे तीन बजे जयनगरबाट जनकपुर आउने रेल सेवाको तयारीमा रहेका चालक रफिक कवारीले इन्जनलाई सफा सुग्घर गर्दै गरेको बेला इन्जन गुड्न थालेका थिए । एक रेल कर्मीका अनुसार( इन्जन स्टार्टगरी कवारी पानी खान तल झरेका बेला इन्जन एक्कासि तीव्र गतिमा हुइकिएको थियो ।
जनकपुर स्टेसन मैनेजर मणिराज खतिवडाका अनुसार( इन्जन अहिले पनि न्युटर गेयरमा छ । न्युटर गेयरमा रहेको गाडी कसरी गुड्यो भन्ने विषयमा भने खतिवडा केही जवाफ दिन सकेनन् ।
RSS



