काठमाडौं – नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य तथा राजविराजबाट प्रकाशित मिथिला साप्ताहिकका कार्यकारी सम्पादक विवेकानन्द झाको मंगलवार साँझ निधन भएको छ ।
झा सरकारद्वारा गठित श्रमजीवि पत्रकारको पारिश्रमिक निर्धारण समितिका सदस्य समेत रहेका थिए । ६२ वर्षीय झा लामो समयदेखि मृगौला रोगवाट पीडित थिए । झाको गत वर्ष फाल्गुणमा शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गरिएको थियो ।
सप्तरी जिल्लाको मैथिली भाषा, साहित्य क्षेत्रका अग्रणी ब्यक्तित्व स्वर्गीय झा दुई दशकदेखि मैथिली साहित्य परिषद्सँग आबद्ध भई अध्यक्ष समेत भइसकेका थिए । झाका श्रीमती, दुई छोरा र एक छोरी छन् । नेपाल पत्रकार महासंघले वुधवार विज्ञप्ती जारी गर्दै झाप्रति श्रद्घान्जली अर्पण गर्दे दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ । -RSS



