काठमाडौं,२६ साउन प्रधानमन्त्रीको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका विपक्षी दलका युवा संघ(सङ्गठनहरुले आज सिंहदरबार घेराउ गर्दैछन् । प्रधानमन्त्री सहित मन्त्रीहरुलाई छिर्न नदिने गरि विपक्षी दलसम्बद्व युवा सङ्गठनहरुले मुलुकको मुख्य प्रशासनिक क्षेत्र सिंहदरवार घेराउ गर्ने तयारी गरेपछि सरकारले बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ ।
सिंहदरवारसँग जोडिएका सवै सडकहरुमा विहानैदेखि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । राजनीतिक र संवैधानिक सङ्कट टार्नको लागि अहिलेको सरकारले राष्ट्रिय सहमतिको सरकार बनाउन बाटो खोल्नुपर्ने माग सहित विपक्षी दल निकट युवा सङ्गठनहरुले विहान नौंदेखि ११ बजेसम्म सिंहदरवार घेराउ गर्न लागेका हुन् ।
निषेधित क्षेत्र नतोड्नेगरी वर्तमान सरकारको विरुद्वमा सिंहदरवार घेराउ गर्न लागिएको नेपाली काङ्ग्रेस निकट तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले जानकारी दिए ।
सिंहदरवार घेराउको लागि पुतली सडक, पद्यमोदय मोडमा नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घले नेतृत्व गर्नेछन् भने माइतिघर मण्डला र बवरमहलमा युवा सङ्घ, नेपाल र अनेरास्ववियू, भद्रकालीमा अखिल क्रान्तिकारी, प्रगतिशील युवा सङ्घ, चुरेभावर युवा सङ्घ, अखिल



