काठमाडौं,२६ साउन जातिय पहिचान सहितको संघियताका पक्षधरबीच मोर्चा निर्माणको गृहकार्य सुरु भएपछि प्रतिपक्षमा रहेका दलहरु पनि त्यसको शसक्त प्रतिरोधको तयारीमा जुटेका छन् । सरकार समर्थक दलहरुले मोर्चा निर्माण गरेर वार्ताको दुरी झन बढाएको निस्कर्ष सहित विपक्षीदलहरु पनि मोर्चा बन्दीको गृहकार्यमा लागेका छन् ।
यसअघि नै बनेको मोर्चालाई थप शसक्त हुनेगरि अब छलफल हुने कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । ओएनएससँग कुरा गर्दै कांग्रेस नेता पौडेलले सरकारले सत्ता टिकाउनका लागि नै मोर्चा बन्दीको गृहकार्य थालेको बताए । सरकारले जातिय पहिचान सहितको संघियताका पक्षधरबीच संघिय लोकतान्त्रिक गठबन्धन बनाउने हिजो सहमति गरेको छ ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजगत्वमा हुने गठबन्धनको आईतबार बाट सरकारले त्यसको औपचारीक प्रक्रिया सुरु गर्नेछ । कांग्रेस नेता पौडेलले सरकारले मोर्चा बनाउन अन्यथा नहुने भएपनि अहिले देखिएको उद्देश्यले दलहरुबीच झन दुरी बढ्ने बताए । सहमतिको पहल सुरु गर्नुको साटो सरकार आफै मोर्चाबन्दीमा लागेको छ ।
पौडेलले भने,



