सर्वोच्च अदालद्धारा पूर्व मन्त्री तथा कङ्ग्रेस खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर, डेढ वर्ष जेल सजाय

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्का भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले आज खड्कालाई भ्रष्टाचारी ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्धय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले खड्कालाई भ्रष्टाचारी ठहर गरेको हो ।

 

सर्वोच्चले खड्काको ९४ लाख रुपैयाँको स्रोत नखुलेको ठहरगर्दै उनलाई डेढवर्ष कैद सजाय गर्ने फैसला गरेको हो ।

 

सर्वोच्चले खड्कालाई ९४ लाख ७४ हजार १ सय २२ रुपैयाँ विगो जरिवाना समेत गरेको छ । अख्तियारले खड्काका श्रीमती र सालोलाई समेत दोषी देखाएको छ भने छोरीलाई समेत मतियार भनेको छ । २०४८ सालपछि पटक