बाबुराम भट्टराईलाई कालो झण्डा देखाए

काभ्रे, श्रावण ३० प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई काँग्रेस एमालेका भातृ संगठनकका कार्यकर्ताले कालो झण्डा देखाएका छन् । मंगलवार बिहान काठमाडौं विश्वविद्यालयको बैठकमा भाग लिन राजधानीबाट आउँदै गर्दा भट्टराईलाई बनेपाको दुई स्थानमा कालो झण्डा देखाइएको छ ।  बनेपाको तीनदेबाटोमा एमालेको भातृ संस्था युवा संघ नेपाल र अनेरास्ववियूका कार्यकर्ताले तथा चारदोबाटोमा काँग्रेसको भातृ संस्था दरुण दल र नेविसंधले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका थिए ।  प्रधानमन्त्री भट्टराईले तत्काल सरकार छोड्नुपर्ने माग राख्दै एक महिनादेखि काँग्रेस, एमालेका भातृ संस्था आन्दोलित छन ।कालो झन्डा देखाउने क्रममा प्रहरीसंग भएको झडमा अनेरास्ववीयूका जिल्ला अध्यक्ष जेनिश लामा र युवा संघका विकास दाहाल घाइते भएका छन् ।