छिमेकीमुलकु चीनका एक व्यक्ति यस्ता छन्, जसले फलफूल र तरकारी तासले नै काटिदिन्छन् । त्यो पनि तरकारीलाई हातले रेटेर होइन ।
चीनको नैनजिंग सहरका ४८ वर्षीय टान्गजिंगले तासको माध्यमबाटै फलफूल काट्न सक्छन् । उनले आफू १ मिटर परको दुरीमा बसेर तासको पत्ता फ्याँक्छन्, जसको कारण फलफूल काटिन्छ । टान्गिजिंगले पछिल्लो १० वर्षदेखि यस कलाको अभ्यास गर्दै आइरहेका छन् ।
उनले दैनिक २ घण्टा प्लास्टिक कोटेड तासको पत्ताबाट फलफूल र तरकारी काट्ने अभ्यास गर्छन् । समाचारका अनुसार उनले काँक्रो, तरबुजा लगायतका फलफूल सजिलै तासको पत्ता फ्याँकेर काटिदिन्छन् । उनले फ्याँकेको तासको पत्ता १०० मिटर प्रति सेकेन्डको गतिमा जान्छ । उनले ४७ सेकेन्डमा १२ काँक्रो काटेर आफ्नो जीवनको सबैभन्दा उत्कृष्ट प्रर्दशन गरिसकेका छन् ।
टान्गिजिंग १ मिनेटमा १९ वटा काँक्रो काटेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन चाहन्छन् ।