शेरबहादुर देउवा पक्षीय नेताहरुले आज सामुहीक राजीनामा दिदै

 काठमाडौं,३१ साउन सस्थापन पक्षसँग असन्तुष्टि जनाउँदै काङ्ग्रेका वरिष्ठ
नेता शेरबहादुर देउवा पक्षीय नेताहरुले आज सामुहीक राजीनामा दिदैछन् ।
सभापति शुसील कोइरालालाई भेटी यसअघि तोकिएको केन्द्रीय विभाग र अन्चल
संयोजकबाट आज सामुहिक राजीनामा दिने उनीहरुले बताएका छन् ।

हिजो र अस्ति देउवा निवास बुढानीलकण्ठमा बसेको असन्तुष्टहरूको भेलाले
केन्द्रीय समिति बैठक अघि नै राजीनामा बुझाउने निर्णय गरेको थियो । 
असन्तुष्ट नेताहरूले पार्टीको विधानअनुसार पार्टी सभापतिले कुनै पनि निर्णय
लिँदा समकक्षी तथा केन्द्रीय सदस्यहरूको परामर्श र छलफलबाट गर्नुपर्ने
स्पष्ट व्यवस्था भए पनि पार्टी सभापतिको एकलौटी निर्णय मान्य नहुने भन्दै
सामूहिक राजीनामा बुझाउने निर्णय गरेका हुन् ।

 

काङ्ग्रेस केन्द्रीय समितिको बैठक भोलिदेखि सुरु हुँदै छ । सभापति सुशील
कोइरालाले गठन गरेको ४२ विभागमा १३ प्रमुख र ६ अञ्चल संयोजक देउवा पक्षका
छन् । विभिन्न १२ वटा विभाग थप गरी काङ्ग्रेस सभापति कोइरालाले महाधिवेशन
भएको दुई वर्षपछि प्रमुखहरू मनोनित गरेका थिए ।

 

सामुहिक राजीनामा र भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकबारे थप
रणनीति बनाउन देउवा पक्षीय नेताहरूको बैठक अहिले केहीबेरमा बस्ने नेता
गोपालमान श्रेष्ठले जानकारी दिए ।