काङ्ग्रेस राजनीतिक संकटको बहसमा प्रवेश

 काठमाडौं, ३ भदौ  नेपाली काङ्ग्रेसले वर्तमान राजनीतिक संकट समाधान र काङ्गेसको कार्यदिशाका विषयमा आजदेखि छलफल गर्दैछ । महामन्त्री कृष्णप्रसाद सिटौलाले हिजो पेश राजनीतिक प्रतिवेदनमाथि आजदेखि छलफल सुरु हुनेछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने आजको बैठकमा सिटौलाले हिजो प्रस्तुत गर्नु भएको समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशासम्बन्धी प्रस्तावमासँगै संघियताको विवाद टुङ्ग्याउन पनि छलफल हुनेछ । बैठकमा सहमतिका लागि कांग्रेसले खेल्ने भूमिका, अबको सरकारको नेतृत्वका विषयमा पनि सदस्यहरुले भनाई राख्ने केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।