नेकपा-माओवादीका मोहन बैद्य र राप्रपा नेपालका कमल थापाबीच भेटवार्ता

काठमाडौं । काठमाडौं प्राप्त समाचार अनुसार नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच आज भेटवार्ता भएको छ । माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको भेटवार्ता राजनीतिक गतिरोधको निकासको उपायबारे केन्द्रित रहेको वताइएको छ ।


समाचार अनुसार भेटवार्तामा वर्तमान अवस्थामा राष्ट्रिय स्वाधिनतामा आँच आउन नदिने गरी कसरी अघि वढ्ने भन्नेबारे पनि छलफल भएको थापाले जानकारी दिए । भेटवार्तामा थापाले स्वतन्त्र ब्यक्तित्वहरु सम्मिलत सरकार गठन गरेर निर्वाचनमै जानुपर्नेमा जोड दिएका थिए भने बैद्यले गोलमेच सम्मेलन मार्फत वर्तमान अन्योलको निकास खोज्नुपर्ने वताएका थिए ।