काठमाडौं, ७ भदौ भ्रष्टाचारी ठहर भएपछि हिजो जेल गएका खुमबहादुर खड्काको हिजो रातभरी आफ्नो विगत र र सर्वोच्च अदालतले गरेको फैसलाको आलोचना गर्दैमा दिन विताए । कारागार प्रशासन स्रोतका अनुसार केही समय गोविन्द राज जोशीसँग पनि समय विताएका खड्काले जयप्रकास गुप्तासँग लामो गफ गरेका थिए । उनलाई भेट्न हिजोदेखि बिहान सम्म डिल्लीबजार सदरखोरमा कांग्रेस नेता कार्यकर्ताको लाम रहेको छ ।
भ्रष्टाचारी ठहरिएका कांग्रेस नेता खुमबहादुर खड्का २० प्रतिशत जरिमाना र कैद छुटसिहत जेल चलान भएका छन् । उनले ७५ लाख मात्र बुझाए पुग्ने भएको छ, भने उनी ११ महिना जेल बस्ने भएका छन् । खड्कालाई अदालतले ९४ लाख ७५ हजार जरिमाना तोकेको थियो । खड्काले आफ्नो फैसलाप्रति लिखित रुपमा असहति जनाएका छन् । खड्काले आफ्नो फैसला पुनरावलोकन गर्नुका साथै आफ्नो हक सुरक्षीत राख्न स्वयम अदालत उपस्थित भएको बताएका छन् ।
बुधबार जिल्ला अदालत उपस्थित भएका खड्काले आफूप्रति अन्यय भएको दावी गरेका छन् । उनले आफूले नेपाल र नेपाली जनतामाथि कहिल्यै घात नगरेको बताएका छन् ।
आफ्नो प्रशस्त सम्पत्तिको कुनै मूल्यांकन नगरिएको समेत खड्काले उल्लेख गरेका छन् । आफ्नो व्यक्तिगत भएको आम्दानीलाई आम्दानी नै नमानिएको खड्काले बताएका छन् । RSS



