काठमाडौं, १२ भदौ सरकारले स्वीकृतका लागि चारवटा अध्यादेश आज राष्ट्रपति समक्ष पठाउँदैछ । प्रधानमन्त्रीको सम्वोधन पछि हिजाको मन्त्रिपरिषदबाट जारी गरिएका चारवटा अध्यादेश अनुमोदनका दागि राष्ट्रपति समक्ष पठाइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हिजोको बैठकबाट जारी गरिएका शिक्षा सेवा ऐन, स्वास्थ्य सेवा ऐन, निजामती सेवा ऐन र बेपत्ता नागरिक खोजबिन आयोग गठन गर्ने अध्यादेश पठाउन लागिएको हो ।
कांग्रेस, एमालेले अध्यादेशको चर्को विरोध गरिरहेको समयमा सरकारले फेरि अध्यादेश पारित गराउन खोजेको छ ।
सरकार संचालनको वाध्यताले अध्यादेश ल्याउनु परेको प्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ छ । यसअघि २ अध्यादेश अस्वीकृत गरिरकेका राष्ट्रपति ती अध्यादेश के गर्छन भन्ने सबैको चासो रहेको छ ।



