काठमाडौं, १२ भदौ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र
कांग्रेस सभापति शुसील कोइरालाबीच सरकार गठन र संविधानका विवादित विषयलाई
सँगै सहमति खोज्ने सहमति बनेको छ । बिहान भएको भेटमा प्रचण्ड र कोइरालाबीच
यसअघिको सहमति अनुसार अघि बढ्ने र कांग्रेसलाई नेतृत्व दिने सहमति बनेको छ ।
प्रमुख तीनदलबीच आज बस्ने तय गरिउको बैठक भने भोलिका लागि सारिएको छ । बैठक
आजै बिहान कोइरालाको निवासमा बस्ने तय गरिएपनि प्रचण्ड र कोइरालाको भेटपछि
भोलिका लागि सारिएको छ । वैठकपछि माओवादी अध्यक्ष प्रचण्डले आजको छलफल
सकारात्मक भएको र भोलि तीनदलको बैठकबाट थप छलफल गरेर विवाद समाधान गरिने
बताए ।



