काठमाडौं,१२ भदौ नेकपा एमालेले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी विपक्षमा उभिएका मधेसी जनजाती नेताहरुलाई कारवाहीको तयारी गरेको छ । आज बस्ने स्थायी समितिको बैठकमा कारवाहकिो प्रक्रियाका विषयमा छलफल हुनेछ ।
पार्टी कार्यालयले साधेको स्पष्टिकरणको जवाफ पनि नदिएको र काममा पनि नफर्किएको भन्दै कारवाही थाल्ने विषयमा छलफल सुरु भइसकेको छ । एमाले सचिव युवराज ज्ञवालीले पार्टी काममा नफर्किने नेताहरुलाई त्यस्तो अवस्थामा अब के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने बताए ।
उनले पार्टीको आन्तरिक राजनीतिक विवादसँगै दलहरुबीचको राजनीतिक विवादका विषयमा आज छलफल हुने जानकारी दिए । दिउँसो १ बजे पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा प्रमुखदलहरुबीच भइरहेको छलफलमा एमाले खेल्ने भूमिका र पार्टीको एजेण्डाका विषयमा छmलफल हुनेछ । अनेरास्ववियुको विधान अधिवेसन पनि वैठकको एजेण्डा बन्नेछ ।



