इरानको तेहरानमा हिजो शुरु भएको असंलग्न राष्ट्रहरूको दुईदिने शिखर सम्मेलन आज सकिंदैछ । सम्मेलनमा दिगो शान्ति, आतङ्कवाद नियन्त्रण, आर्थिक मन्दीको असर, गरिबी निवारणका विषयमा विश्वका १२० मुलुकका प्रतिनिधिबीच छलफल हुँदैछ ।
सम्मेलनमा सहभागी हुन जानुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराइले आज सम्बोधन गर्ने तय भएको छ । सम्मेलनका क्रममा प्रधानमन्त्री भट्टराईले विभिन्न राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई भेट्दै छन् ।



