फेसबुक, टि्वटर लगायत इन्टरनेटमा बढी समय बिताउने पुरुषभन्दा महिला बढी


लन्डन – वैज्ञानिकहरुले फेसबुक, टि्वटर लगायत इन्टरनेटमा बढी समय बिताउने पुरुषभन्दा महिला बढी हुने पत्ता लगाएका छन्। इन्टरनेटको लत लाग्नुमा मानवको जिनको एक प्रकार नै हुने र त्यस्तो महिलामा हुने पत्ता लागेको हो।

युनिभर्सिटी अफ बोनका डाक्टर क्रिस्चियन मोन्टागको नेतृत्वमा भएको अनुसन्धानले यस्तो देखाएको हो।


उनको समूहले इन्टरनेट बानी बारे ८४३ जनासँग अन्तर्वार्ता लिएको थियो। ती मध्ये १३२ जना इन्टरनेटको लत लागेकाहरु थिए। ती लत लागेकाहरुको जिनमा समानता भेटियो। लत लागेका मध्ये अधिकांश महिला थिए।


 

– एजेन्सी