मालेमा रहेका असन्तुष्ट नेताहरुबीच नै विवाद

 काठमाडौं, १७ भदौ  एमालेमा रहेका असन्तुष्ट नेताहरुबीच नै विवाद देखिएको छ । केही नेताले वार्ता सकारात्मक नभएकाले पार्टी छाड्नु पर्ने र केहीले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्नुपर्ने धारण राखेका छन् । असन्तुष्ट रहेका मधेसी नेता रामचन्द्र झाले वार्तामा कुनै प्रगति नभएको भन्दै अगल हुनुपर्ने बताएका छन् ।

तर केही नेता भने पार्टीभित्रै रहेर संगठित भएर संघर्ष गर्नुपर्ने बताए । असन्तुष्ट नेताहरुले नेतृत्वसँग आफ्ना मागहरुको लिखित जवाफ माग गरेका छन् । पार्टी कार्यालय बल्खुमा लामो समयसम्म चलेको छलफलमा एमालेका नेताहरुले पार्टीभित्रैबाट अन्तरसंघर्ष गर्न सुझाव दिएका छन् ।  सहभागी उपध्यक्ष बामदेव गौगलले छलफल सकरात्मक भनेपछि असन्तुष्ट रहेका उपाध्यक्ष अशोक राईले वार्ता सकारात्मक नभएको प्रतिक्रिया दिएका छन् ।
 
पार्टी स्थायी समितिका सदस्यहरुले यसअघि पार्टीमा भएको उनीहरुको मागका विषयमा जानकारी गराएपछि अहिले असन्तुष्ट नेताहरुले जवाफ दिएका थिए  । राज्य पुनःसंरचना र पहिचानको मुद्दामा पार्टीले अडान छाडेको आरोप लगाउँदै एमालेमा रहेका आदिवासी जनजातिहरूले अग्रगामी विचार समूहको नाममा विभिन्न गतिविधि संचालन गरेपछि अहिले पार्टीले छलफल गरेको हो । पार्टीका तर्फबाट बोल्ने नेताहरुले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्न सुझाएको बताइएको छ ।
 
असन्तुष्ट समूहले पार्टीमा पेश गरेको ९ बुँदे मागका सम्बन्धमा पार्टीले आधिकारिक धारणा राखिसकेको छ । पार्टीका तर्फबाट अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली वाहेका स्थायी समितिका सदस्यहरु सहभागी रहेका छन् ।