थप १३० रेडियोलाई सञ्चालन अनुमति

गत आर्थिक वर्षमा १ सय ३० रेडियोलाई सञ्चालन अनुमतिका लागि सिफारिस गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयको प्राविधिक टोलीले दुर्गम तथा रेडियो संख्या कम भएका क्षेत्रमा एफएम सञ्चालन अनुमति दिन मन्त्रालयलाई सिफारिस गरेको हो ।

टोलीको अनुगमनले उपत्यका र देशका प्रमुख सहरबाहेक अन्य क्षेत्रमा मात्रै फ्रिक्वेन्सी खाली रहेकाले अनुमति दिन सकिने सिफारिस गरेको हो । मन्त्रालयका अनुसार सिफारिसमा परेका मध्ये ७० रेडियोले अनुमतिपत्र (लाइसेन्स)समेत लिइसकेका छन् ।

उपत्यका र अन्य ठूला सहरमा भने नयाँ लाइसेन्स दिन सकिने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । पहाडी, हिमाली र भित्री मधेशमा अझै सम्भावना रहेको अनुगमनले देखाएको छ । मन्त्रालयको अनुगमन शाखाका विभागीय इलेक्ट्रोनिक इन्जिनियर गौरव गिरीका अनुसार हालसम्म ६ सयभन्दा धेरै रेडियोलाई सिफारिस गरिएको छ, जसमध्ये ४ सय ७६ वटा रेडियोले सञ्चालन अनुमति लिइसकेका छन् । ४ सयभन्दा धेरैले प्रसारणसमेत सुरु गरिसकेका छन् ।

मन्त्रालयका अनुसार सबैभन्दा पछिल्लो पटक गत साउन २ मा कपिलवस्तुको जागरण सञ्चार सहकारी संस्था लिमिटेडले ८९.० मेघाहर्जमा १ सय वाट क्षमताको लाइसेन्स लिएको छ । उपत्यका र देशका प्रमुख सहरबाहेकका क्षेत्रमा सिफारिस गरिएका रेडियो अधिकांश १ सय वाट र केही ५ सय वाट क्षमताका छन् ।

गत वर्ष पूर्वमा मोरङ, सुनसरी, झापा, सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, नारायणीमा बारा, पर्सा, चितवन, पश्चिममा कास्की र मध्यपश्चिममा दाङमा धेरै रेडियोलाई सिफारिस गरिएको छ । यीलगायतका भित्री तराई, पहाड तथा तल्लो हिमाली क्षेत्रमा समेत रेडियोको सम्भावना रहेको प्राविधिकहरूले जनाएका छन् ।
मन्त्रालयका अनुसार वैशाखपछि मात्रै ४५ वटा एफएमले सञ्चालन अनुमति लिएका छन् । नेपालमा एफएम रेडियोलाई ८७.५ मेगाहर्जदेखि १०८ मेघाहर्जसम्म फ्रिक्वेन्सी उपलव्ध गराउन सकिन्छ । १०८ भन्दा माथिको फ्रिक्वेन्सी हवाई सेवामा प्रयोग हुन्छ ।

रेडियो ऐन २०१४ अनुसार निरीक्षण टोलीले तोकेको ठाउँमा एन्टेना राखिनुपर्छ । स्थान परिवर्तत गरी अरुलाई असर पु