
मनुकोंडाले उनको फर्जी फेसबुक पेज बनाएर उनलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाको सदस्य भएको भनी प्रोफाइल तयारगरी जुकरबर्गले गम्भीर अपराध गरेको दाबी गरेका छन् ।
मनुकोंडाले अदालतमा पेश गरेको रिटमा जुकरबर्गको उक्त हरकत रोकेर आफ्नो चरित्रहत्या गर्ने कार्य रोक्न आदेश दिन माग गरेका छन् । यस मुद्दामा आगामी हप्ता सुनुवाई हुने जनाइएको छ ।
समाचारका अनुसार मनुकोंडा तिनै व्यक्ति हुन्, जसमाथी जुकरबर्गले आफूलाई अत्यधिक म्यासेज पठाएर सताएको आरोप लगाएका थिए । यस विषयमा जुकरबर्गले गतवर्षको फेब्रवरीमा रिट समेत दायर गरेका थिए । रिटमा जुकरबर्गले मनुकोंडाबाट आफूलाई ज्यानको खतरा भएको आरोप लगाएका थिए । जसका कारण मनुकोंडाले भारत फिर्ता हुनु परेको थियो ।



