काठमाडौं – वन मन्त्रालय ले १८ नयाँ अधिकृतलाई नियुक्ति दिएको छ । वन समुहअन्तर्गत् ‘जनरल फरेष्ट्री’का १२, ‘रिसर्च’का दुई, ‘वाईल्डलाईफ’का दुई र सोयल (भू संरक्षण) मा एक जना गरी १८ अधिकृतलाई नियुक्ति दिएको हो ।
‘जनरल फरेष्ट्री’का रितेशभूषण बस्नेत, जितेन्द्र महत, मोहन केसी, सुदीप छत्कुली, दिनेश हुमागाईँ, उत्तम चापागाईँलाई वन विभागमा सहायक वन अधिकृतमा काम गर्नेगरी जिम्मेवारी दिइएको छ ।
त्यसैगरी, जनक पाध्या, विनिता गुरागाईँ, दिपा ओली, शिव परियार, श्यामबाबु लोप्चन, आनन्द चौधरीलाई पनि सहायक वन अधिकृतकै जिम्मेवारी दिईएको मन्त्रालयको प्रशासन महाशाखाले जनाएको छ ।



