काठमाडौं – नेकपा-माओवादी निकटको ‘मुस्लिम राष्ट्रिय मुक्ति मोर्चा नेपाल’ गठन भएको छ ।
मोर्चाको बुधवार र विहीवार राजधानीमा सम्पन्न अधिवेशनबाट रौतहटका रसिद अन्सारीको अध्यक्षतामा ११ सदस्यीय कार्यकारीणी समिति गठन भएको हो ।
मोर्चाको केन्द्रीय समिति ७५ सदस्यीय बनाउने निर्णय भएको अध्यक्ष अन्सारीले जानकारी दिए । rss