प्रम भट्टराईद्धारा आमाको नाममा दुई लाख राशिको अक्षयकोष स्थापना

काठमाडौँ  । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नी आमा स्वर्गीय धर्मकुमारी भट्टराईको नाममा व्यक्तिगत रुपमा डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा रु दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

कन्या क्याम्पसको ३३ सौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री डा भट्टराईले गरिब तथा जेहन्दार छात्राहरुका लागि छात्रवृत्ति प्रदान गर्न भन्दै आफ्नो आमाको नाममा सो क्याम्पसमा रु दुई लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्रीले आफ्नी आमा निरक्षर भएकाले महिलाका लागि शिक्षाको महत्व कति हुन्छ भन्ने नजिकबाट आफूले अनुभव गर्न पाएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले आफूलाई विद्यालयमा सुरुवाती शिक्षा दिने पनि गुरुआमा नै भएको तथा विद्यावारिधि गर्दा गाइड गर्ने पनि गुरुआमा नै भएको स्मरण गर्दै गुरुआमाहरुकै सहयोगबाट आफू यहाँसम्म आइपुगेको चर्चा गर्नुभयो ।

प्रधानमन्त्रीले सङ्क्रमणकालका कारण पूर्ण बजेट ल्याउन नसकिए पनि अब आउने बजेटमा कन्या क्याम्पसको भवन निर्माणका लागि आफूले बजेटको व्यवस्थापन गर्ने आश्वासन दिनुभयो ।

देशको राजनीतिक परिस्थितिको चर्चा गर्दै प्रधानमन्त्री डा भट्टराईले आफ्नो हातखुट्टा बाँधेर सरकार चलाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो