आमालाई कुटपिट गर्ने एकिकृत माओवादीका राज्य समिति सदस्य श्रेष्ठ पार्टीबाट निष्काशित

– चीना थापा रेडियो सिन्धुलीगढी सिन्धुली

 

– एकीकृत माओवादीका सिन्धुली जिल्ला संयोजक तथा राज्य समिति सदसइ भिम नारायण श्रैष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरिएको छ ।

 

प्रधानमन्त्रीका स्वकिय सचिव गंगा श्रेष्ठले एकिकृत माओवादीका राज्य समिति सदस्य भिमनारायण श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको बताउनुभयो । भिम नारायण गंगा नारायणका भाइ हुन् ।

 

आज सिन्धुलीमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार भदौ २१ गते घरायसी विवादमा आफ्ना ७५ वर्षिया आमा मानकुमारीलाई कुटपिट गरेकोले पार्टीबाट निष्कासित गरिएको श्रेष्ठले बताउनुभयो ।

 

कुटपिटबाट गम्भिर घाईते मनकुमारीको जिल्ला अस्पताल सिनुधलीमा उपचार नभएपछि थप उपचारका लागि वीर अस्पताल काठमाण्डु लगिएको छ ।