काठमाडौं,२८ भदौ आज बिहीबार बस्ने तय गरिउको प्रमुख तीनदलको बैठक अन्यौलमा परेको छ । सत्तासिन दलहरु छलफलमा व्यस्त रहेको र प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई जुम्ला जाने भएकाले आज बस्ने नबस्ने अन्यौल रहेको दलहरुले बताएका छन् ।
भदौ मसान्तभित्र सहमति खोज्ने बताएका दलहरु त्यसमा सहमति नजुटे संसदको ताजा चुनावमा जान सहमत भएका छन् । एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको हिजो बसेको बैठकले भदौमा विवाद मिलाउन नसके ताजा चुनावमा जाने सहमति गरेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकमा भोलि बिहीबारदेखि निरन्तर छलफल गर्ने पनि सहमति भएको छ । दुई दलबीच भदौ मसान्तभित्र विवाद मिलाउन अधिकतम प्रयत्न गर्ने त्यसो हुन नसके निर्वाचनमा जाने सहमति भएको नेताहरुले बैठक पछि बताए । संविधानका विवादित विषयमा सहमति गरेर मस्यौदा तयार गर्ने र छोटो समयका लागि संविधानसभा पुनःस्थापना गर्ने पनि सहमति भएको बैठकपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
सहमति हुने बातावरण बने सहमति गर्ने हो सिटौलाले भने, ुअब त्यसमै रटान लामो समय पर्खिन सकिदैन दुइटै विकल्प खुल्ला राखेर अगाडी बढ्नुपर्छ भन्ने सहमतिमा पुग्यौं ।ु कांग्रेसले जुन विकल्पमा सहमति भएपनि पहिले कांग्रेसको नेतृत्वमा लसरकार बन्नुपर्ने अडान राखेको छ ।
बैठकमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड मात्रै सहभागि भएपनि कांग्रेसबाट बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री सिटौला र प्रकाशमान सिंह सहभागि थिए ।
कांग्रेस आन्तरिक छलफलमा
एमाओवादी अध्यक्ष प्रचण्डसँग छलफल भए लगत्तै कांग्रेस नेताहरु आन्तरिक छलफलमा गरेका छन् । सभापति सुशिल कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा प्रचण्डसँग भएको छलफल र कांग्रेसको रणनीति बारे कुराकानी भएको छ । स्रोतका अनुसार कांग्रेसलाई पहिले नेतृत्व दिन तयार भए जुनसुकै विकल्पमा पनि जान तयार रहने निस्कर्ष निकालीएको छ । बिहीबार तीनदलको बैठक बस्नुअघि एमालेसँग थप छलफल गर्ने पनि निचोड निकालीएको छ ।



