नवनियुक्त प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई दज्र्यानी चिन्ह प्रदान


काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई आज सरकारले दज्र्यानी चिन्ह प्रदान गरेको छ ।

 

सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहसचिव नवीन घिमिरेले राणालाई दज्र्यानी चिन्ह प्रदान गरेपछि उहाँले पदभार पनि ग्रहण गर्नुभएको छ ।

 

रानालाई सरकराले हिजो आइजिपीमा नियुक्त गरेको हो । सत्तारुढ दलहरू एकीकृत नेकपा माओवादी र मधेसी मार्चाबीच कसलाई महानिरीक्षक बनाउने भन्ने विषयमा विवाद भएको थियो ।

 

अन्तमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रानालाई आइजीपी बनाउन ठाडो प्रस्ताव लग्ने बताएपछि गृहमन्त्री विजय गच्छेदारले मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव लग्नुभएको थियो ।

 RSS