नेकपा संयुक्त द्वारा सरकारलाई दिदै आएको समर्थन फिर्ता / भूमिसुधारमन्त्री जोशीले दिए राजीनामा

भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले राजीनामा दिनु भएको छ ।
राजनीतिक निकासका लागि सहज वातावरण बनाउन भन्दै नेकपा संयुक्तका अध्यक्ष समेत रहेका मन्त्री जोशीले मंगलबार प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष राजीनामा पत्र बुझाउनु भएको हो ।
सहमतिका लागि सरकारमा गएको तर, प्रधानमन्त्रीले कुनै पहल नगरेको, अध्यादेशबाट मुलुक चलायन खोजेको भन्दै नेकपा संयुक्तको केन्द्रीय सचिवालयले सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो ।