संविधानसभा पुनःस्थापनाको एजेण्डालाई आजैबाट बन्द नयाँ निर्वाचनमा जान सहमत

मधेसी मोर्चा सहित चार प्रमुख दलका शिर्ष नेताहरु संविधानसभाको नयाँ निर्वाचनमा जान सहमत भएका छन् । आज बसेको चार दलको बैठकले संविधानसभा पुनःस्थापनाले मुलुकमा जारी राजनीतिक र गतिरोध अन्त्य गर्न नसक्ने ठहर गर्दै पुनःस्थापनाको एजेण्डालाई आजैबाट बन्द गर्ने सहमति पनि गरेको छ ।
बैठकले भोली र पर्सि तीन बजेसम्म द्धिपक्षीय र आन्तरिक छलफल गरेर संविधानसभाको नयाँ निर्वाचन, प्रक्रिया, संबैधानिक ब्यवस्था र सहमतिको सरकार गठन लगायतका विषयमा ठोस प्रस्ताव पेश गर्ने र त्यसपछि शुक्रबारै सहमतिको सरकार निर्माण सहित सबै विषयमा छलफल हुने एमाले नेता भीम रावलले जानकारी दिए ।
दलहरुवीच संविधानसभाको निर्वाचनमा जाने र निर्वाचन अघि सहमतिको सरकार निर्माण गरेर निर्वाचनमा जाने सहमति पनि भएको छ ।
बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा पुनःस्थापनाको च्याप्टर बन्द भएको भन्दै अब दलहरु संविधानसभा निर्वाचनमा जान तयार भएको बताए । उनले पर्सि बसेर निर्वाचनको प्रक्रिया, मोडल, सदस्य सख्या , सबैधानिक ब्यवस्था, सहमतिको सरकार सहित सबै विषयमा सहमति जुटाएर निर्वाचनमा जाने बताए ।