काठमाडौं, ५ असोज शीर्ष नेताहरु सहितको दलहरुको सयुक्त बैठकले संविधानसभा पुनःस्थापनाको बाटो बन्द गरेपछि पूर्वसभादहरु त्यसविरुद्धको रणनीतिमा लागेका छन् । चुनावमा जाने दलहरुको निर्णयप्रति असन्तुष्टि जनाउँदै पूर्व सभासदहरुले आज सयुक्त भेला गर्ने भएका छन् ।
सबैभन्दा सहज र सजिलोबाटो संविधानसभा पुनःस्थापना भएपनि दलहरुले त्यसलाई बेवास्था गरेकाले पूर्वसभासदहरु छलफलमा जुटेको कांग्रेस नेता शोभाकर पराजुलीले जानकारी दिए ।
प्रमुख दलहरुले गरेको निर्णयका विषयमा आजको भेलामा छलफल गर्ने र भेलाबाट आउने सुझाव अनुसार अगाडी बढ्ने पराजुलीले ओएनएसलाई बताए । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका केही सभासदहरु पुनःस्थापनाको पक्षमा लामो समयदेखि लबिङ गरिरहेका थिए ।



