स्याङ्जा , ७ असोज गण्डकी र धौलागिरी भ्रमणमा निस्कनु भएका पूर्व राजा ज्ञानेन्द्र शाह आज स्याङ्जा पुग्दैछन् । उनले आज स्याङ्जाको गुठिखोलामा रहेको धनुशेश्वर महादेवको दर्शन र आफ्ना शुभचिन्तकहरुसगँ भेटघाट गने जनाइएको छ ।
बिहान ११ बजे आउने बताइएको छ तर पूर्व राजा ज्ञानेन्द्र शाह आउने भएपछि एकिकृत माओवादी निकट विभिन्न जनवर्गिय संगठनहरुले आज १२ बजेसम्म स्याङ्जा बन्द गरेका छन् । बन्दका कारण स्याङ्जाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । सवारी साधन ठप्प रहेका छन् भने कलकारखाना, पसलहरु बन्द गरेका छन् ।



