काठमाडौं,९ असोज नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नास्ट०को आयोजनामा ुछैंटौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनु मंगलबार काठमाडौंमा सुरु भएको छ । ुविज्ञान, प्रविधि र आविष्कार मार्फत आर्थिक विकासु नारा दिई आयोजना गरिने उक्त सम्मेलन तीन दिनसम्म चल्ने नास्टले जनाएको छ।
नास्टले २०४५ सालदेखि प्रत्येक चार वर्षमा यो सम्मेलन आयोजना गर्दै आएको छ। ुदेश विकासमा विज्ञान तथा प्रविधिको भूमिका महत्वपूर्ण हुन्छ,ु सम्मेलन आयोजना गर्नुको कारण खुलाउँदै नास्टका उपकुलपति सुरेन्द्रराज काफ्लेले भने, ुसम्मेलनको उद्देश्य यो सन्देश नेपालका वैज्ञानिक तथा प्राविधिज्ञका अलावा अन्य नीति निर्माता र राजनितिज्ञसम्ममा प्रवाह गर्नु हो।ु
काफ्लेका अनुसार सम्मेलनमा विश्वभरबाट १ हजार २ सय भन्दा बढि वैज्ञानिक तथा प्राविधिज्ञले भाग लिने छन्। सम्मेलनमा ५ सय ४२ वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ।
सम्मेलनमा भारतीय राष्ट्रिय विज्ञान प्रतिष्ठानका अध्यक्ष कृषन लाल प्रमुख वक्ताका रूपमा रहने छन् भने चिनियाँ विज्ञान प्रतिष्ठानका तीनजना, दुई जापानी र तीन नेपाली विशिष्ट वैज्ञानिकले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
ुसम्मेलनमा प्रस्तुत हुने अनुसन्धान कार्यपत्रको छनोट गर्दा संख्याभन्दा पनि गुणस्तरमा जोड दिइएको छ,ु नास्टका उपकुलपति काफ्लेले स्पष्ट पारे, ुसम्मेलनमा तीन(चार हजार वैज्ञानिक तथा प्राविधिज्ञको सहभागिता हुन सक्थ्यो, तर स्थानाभाव आदिका कारणले सम्भव हुन सकेन।ु
नास्टका अनुसार सम्मेलनमा ८ वटा प्यानल व्याख्यान, दुई वटा विशेष व्याख्यान र २५ वटा आमन्त्रित व्याख्यान हुने छन्। यस्तै सम्मेलनको प्राविधिक सत्र अन्तर्गत भौतिकशास्त्रका २७, रसायनशास्त्रका ८० वटा, जिवशास्त्रका ७१, गणितिय विज्ञानका १७, कृषि तथा पशु विज्ञानका ६९, इन्जिनियरिङ तथा प्रविधिरउर्जाका ३५, स्वास्थ्य विज्ञानका ३६, जैविक तथा खाद्य प्रविधिका ३४, वन, वातावरण तथा जलवायु परिवर्तनका ५८, सुचना तथा सञ्चार प्रविधिका १६ र अन्य १३ वटा कार्यपत्र प्रस्तुत हुने छन्।
ुसम्मेलनबाट राजनितिक क्षेत्र र नीति निर्माताहरु अभिप्रेरित हुनु हुनेछ। जसले विज्ञान प्रविधिको क्षेत्रको विकासका लागि कमसेकम राष्ट्रिय बजेटको एक प्रतिशत छुट्याउन उहाँहरुले सघाउनु हुनेछ,ु उपकुलपति काफ्लेले भने, ुयसपटकको सम्मेलनको निचोडले विज्ञान प्रविधिको क्षेत्रमा नयाँ आशा जगाउन सफल हुने आशा हामीले लिएका छौं।ु
हालसम्म यस्ता पाँच वटा राष्ट्रिय स्तरका सम्मेलनहरु सम्पन्न भैसकेका छन्। यी सम्मेलनमा विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरुको सहभागिता हुने गरेको छ। यसअघिका सम्मेलनमा नोवेल पुरस्कार विजेता वैज्ञानिकहरु अब्दूस सलाम, पिटर एन्डरसन, क्लाउस फन क्लितछिङ्ग र रिचर्ड आर अर्नस्ट आदिले सहभागीता जनाएका थिए।
नास्टले पहिलो राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन २०४५ वैशाखमा आयोजना गरेको थियो। पहिलो सम्मेलनमा नेपाल, भारत, बेलायत, श्रीलंका र थाइल्याण्डका वैज्ञानिकले एक सय ६७ वटा वैज्ञानिक शोधपत्रहरु प्रस्तुत गरेका थिए। २०५१ जेठमा भएको दोस्रो सम्मेलनमा एक सय ८७ वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरेका थिए।
तेस्रो सम्मेलन २०५४ फागुनमा आयोजना गरिएको थियो, जुन सम्मेलनमा नोबेल पुरस्कार विजेता प्रख्यात भौतिकशास्त्री क्लाउस फोन क्लितछिङ्ग सहभागी भएका थिए। सम्मेलनमा भारत, संयुक्त अधिराज्य, जर्मनी र इटालीका प्रसिद्ध वैज्ञानिकले २ सय ८९ वटा शोधपत्र प्रस्तुत भएका थिए।



